नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत

तिलोत्तमा। लकडाउनको कारण रोजी रोटी गुमेका तिलोत्तमा नगरपालिका वडा नं. २ का ११७ परिवारलाई बिपन्न राहत वितरण गरीएको छ । स्थानिय नवज्योति क्लबले स्थानिय स्तरमा सहयोग स्वरुप उठाएको राहत तथा सहयोगलाई तिलोत्तमा नगरपालिकाको समन्वयमा स्थानीय तथा बहालमा बसेका बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको अध्यक्ष दिपेश कंडेलले बताउनुभयो।तिलोत्तमा नगरपालिका तथा वडा नं.-२ का जनप्रतिनीधि एवं टोल बिकास संस्थासंगकाे सहकार्यमा आफ्नो वार्ड का करिब १सय ७७ घरधुरीमा बसोबास गर्नेहरुको विवरण टिपेर दुरू मापन गरि समयानुसार राहत वितरण गरिएको अध्यक्ष कंडेलले बताउनुभयो ।

राहतमा चामल १० के.जी.,दाल २ के.जी,तेलआधा लि.र नुन १ के.जी.राखी वितरण गरिएको थियो । क्लबले तिलोत्तमा वडा न.२का त्रिशक्ति पशुपति टोल बिकास संस्थाका १६ परीवार, जागृति टोल बिकास संस्थाका १२ परीवार,संसारीमाई टोल बिकास संस्थाका ७ परीवार,सिद्देश्वर टोल बिकास संस्थाका २६ परीवार,शिवालय टोल बिकास संस्थाका १८, मध्यबिन्दु टोल बिकास संस्थाका १२ परीवार,सगरमाथा टोल बिकास संस्थाका ८ परीवार,लक्ष्मी टोल बिकास संस्था १२ परीवार,मालिका टोल बिकास संस्था ६ परीवार गरि जम्मा १सय १७ परिवारलाइ राहत वितरण गरिएको हो । तिलोत्तमा स्थित दुर्गादत्त माविको प्राङ्गण र तपाह स्थित शिवालय मन्दिरमा वितरण गरिएको राहत लिन समय अनुसार दुरी मापन गरि कोरोना र लकडाउन लाइ मध्यनजर गरि बाडिएको थियो ।

क्लबले तिलोत्तमा वार्ड १ का राहत लिन छुटेका र नाम टिपाएका बिपन्न परिवारको लागि भोलि चैत्र २५ गते बिहान ८ बजे दुर्गादत्त मावि शारदास्कुलको प्रांगणमा क्लबमा संकलित राहत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष दिपेश कंडेलले बताउनुभएको छ ।

 
 
  
 

You may also like