राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि फागुन ५ गतेदेखि केन्द्रीय बैंकमा गभर्नर खाली थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

अर्थमन्त्री डा. खतिवडा गभर्नर हुँदा अधिकरी वरिष्ठ डेपुटी गभर्नर थिए। हाल अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी अर्थमन्त्री डा. खतिवडाका रोजाईका व्यक्ति हुन् । अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका अधिकारी नेकपानिकटस्थ मानिन्छन्।

डेपुटी गभर्नरमा पाँच बर्ष काम गरेर लगानी बोर्डको कार्यकारी अधिकृत भएका अधिकारीले अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।

 

 
 
  
 

You may also like