कोरोना संक्रमण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् ।बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो ।

सावाधानी अपनाउने उद्देश्यसहित यी परीक्षण गर्न लागिएको बताइएको छ । बोरिसमा १० दिन अघि कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यतिबेलादेखि उनी आइसोलेशनमा बसिरहेका छन् ।

यद्यपि, आइसोलेशनमा रहँदासमेत उनले आफ्नो काम कारवाही रोकेका छैनन् ।
विभिन्न सावधानी अपनाउँदा समेत कोरोना भाइरसको लक्षण भने लगातार देखिएको बताइएको छ । एजेन्सी

 
 
  
 

You may also like