पहिलो पहिला नेपाल बुटवल शाखाको आयोजाना वादविवाद प्रतियोगिता हुदै

by समतल अनलाइन

बुटवल । सधै परिवर्तनका लागि भन्ने मूल नाराका साथ सामाजिक काम गर्दै अगाडी बढेको सँस्था पहिलो पाहिला नेपाल बुटवल शाखाले अन्तर माध्यमिक विद्यालय जिल्ला स्तरिय वादविवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।

” विद्यार्थीको शैक्षिक भविश्य माथि जिम्मेवार को ! अभिवावक कि शिक्षक ” भन्ने विषयमा वादविवाद गर्ने संस्थाका सचिब पारस मरासिनीले बताएका छन् । रुपन्देहीका विभिन्न विद्यालयको सहभागिता रहने उक्त कार्यक्रममा प्रथम पुरस्कार ७५०० , दितिय पुरस्कार ५००० र तृतीय पुरस्कार २५०० रहने बताइको छ ।

कार्यक्रम भदौ ७ गते शनिवार बुटवल स्थित स्कलर्स होम बोर्डिंग स्कुल इँटाभट्टीमा हुने आयोजना हुने छ।

 
 
  
 

You may also like