सैनामैना मेमोरियलमा विविध कार्यक्रम सम्पन्न

६ भाद्र २०७६, शुक्रबार

सैनामैना । सैनामैना–१ आदर्शपथ स्थीत सैनामैना मेमोरियल स्कुलले कृष्ण जन्माष्टमीको अवसर पारेर कृष्ण र राधाको रुप धारण सहित भजन कृतन कासाथ विद्यार्र्थीहरु बिच भगवान कृष्णको जन्मोत्सव मनाइएको छ ।

साथै सानो तीज मनिने सोही दिनकै अवसर पारेर हरेक शुक्रवारिय अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा २ सम्मका विद्यार्र्थी बिच तीज गीत र नृत्य प्रतियोगिता समेत सम्पन्न गरेकोछ । जस अन्तरगत पूर्व प्रावितर्फ सौभाज्ञलक्ष्मी खड्का, एलिशा थापा, निहारिका आचार्य, आयुषा सुनार, जेशिका अर्याल,आयुशा पोख्रेल, बेबिशा मरासिनी, करिना बेल्बासे प्रथम भएका छन भने प्रावितर्फ अनुशा आचार्य, अजय बि.क., जेनिशा आचार्य, गृष्मा मरासिनी, कृती भण्डारी र दिपिका बि.सी. प्रथमहुन सफल भएका छन ।

शुक्रवारिय अतिरिक्त कृयाकलाप अन्तर्गत कक्षा ३ देखी १० सम्मका विद्यार्र्थीहरुबिच वक्तृत्वकला प्रतियोगिताको छनोट प्रकृया पनि सम्पन्न भएको छ । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको शैक्षिक पक्ष मात्रै नभएर उनिहरुमा लुकेर बसेको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण सहयोग पुग्ने विद्यालयका प्राचार्य जे.बि. क्षेत्रीले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया