बिपन्नलाई राहत वितरण गर्ने शुद्धोधन गाउँपालिकाको निर्णय

अर्जुन खत्री
फर्साटिकर। रुपन्देहीको शुद्धोधन गाउँपालिकाले असहाय,ज्याला मजदुरी गर्ने बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ।

बिश्वब्यापी रुपमा फैलिदै गएकाे काेराेनाकाे महामारीले गर्दा सरकारले गरेकाे लकडाउनका कारणले अतिबिपन्न,असहाय परिवालाई छाक टार्नकै लागि समस्या नहोस भनेर ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले बिपन्न प्रत्येक परिवारलाई २०किलो चामल,२किलो दाल,१किलो नुन, १ लिटर तेल र एउटा साबुन वितरण गर्ने निर्णय गरेको हो।राहत सामाग्री वितरण गर्दा सकेसम्म एकद्वारबाट राहत वितरण गर्ने ,दोहोरोपना आउन नदिने यदि वितरण गर्नुपरेमा वडाअध्यक्षको अनुमति र समन्वयमा गर्नुपर्ने भएको छ । प्रत्येक वडाभित्रमा राहत वितरणका लागि लगत संकलन गरिएकोमा वास्तविक भएनभएको छानबिन गरि खाद्यान्न वितरण गरिने भएको हो।

कोरोना बिरुद्ध लड्नका लागी शुद्धोधन ४ मा रहेको टाइगर ब्रुअरीका प्रोपाइटर तेजेन्द्र खड्काबाट १०० क्विन्टल चामल,शुद्धोधन अन्तर्गतका सहकारीहरुबाट २ लाख ,सुनगाभा सामुदायिक विकास केन्द्रबाट १ लाख ,
लुम्बिनी इटा ब्यवसायी संघबाट ३० हजार, वडा ४ का वडाअध्यक्ष राजेन्द्र कडेलबाट १५ हजार र शंकर माविका प्रधानाध्यापक टंक पौडेलबाट ५ हजार सहयोगको प्रतिबद्धता आएकोमा धन्यवाद दिदै अन्य ब्यक्ति, संघसंस्थालाई सहयोगका लागी गाउँपालिकाले आवह्वान गरेको छ।

यस्तै गाउँपालिका भित्र राहत ब्यवस्थापन तथा वितरणमा आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र गुनासो आएमा तत्काल संबोधन गर्न गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरि कोरोनाको महामारीबाट वच्न आवश्यक अनुसार बिपत ब्यवस्थापन शिर्षकबाट खर्च गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता राजेन्द्र कडेँलले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like