चार दिनसम्म पनि उठेन थापाको शव

बुुटवल । बुुटवलस्थित कोरोना अस्पतालमा उपचारको क्रममा मृत्युु भएका बाबुुराम थापाको शव चार दिने हुुँदासम्म उठ्न सकेको छैन । कोरोनाको आशंकामा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा उनको चैत १६ गते बिहान मृत्युु भएको थियो ।

रुपन्देही सैनामैना नगरपालिका ४ का थापाको स्वाब परीक्षण गर्दा रिर्पोट नेगेटिभ आए पनि परिवार र आफन्तले शव लिने आँट गर्न सकेका छैनन ।

अस्पतालले शव लैजान आग्रह गरेको छ । बरु परिवारले अस्पतालको लापरवाहीले आफ्ना श्रीमानको मृत्युु भएको भन्दै थापाका श्रीमतीले रीताले आफूूहरुलाई राहत उपलब्ध गराउन माग गरिन् ।

चैत ६ गते युुएईबाट आएका थापा आउदा नैं ज्वरो आएको थियो । उनी घरमा आएपछि नजिकैको मेडिकलमा गएर चेकजाँच गरी औषधि खाए । उनलाई टाइफाइटको समस्या देखिएको थियो । घरपरिवार र छिमेकीले कोरोनाका लक्षण देखिएपछि उनी आफै अटोरिक्सा रिर्जव गरी लकडाउनको समयमा बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका थिए । उनले कोरोनाको आशंकामा कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा चैत १६गते थापाको मृत्युु भयो । शवलाई अहिले प्रादेशिक अस्पतालको मर्चरीमा राखिएको छ ।

प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले थापाको परिवारलाई शव लैजान भनिए पनि उनीहरुलाई नलगेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुुर्यबहादुुर भटटराईले अस्पतालमा आएका सबै उपचार सफल नहुुने बताए । कको कमजोरीले मृत्युु होइन ।’ अध्यक्ष भटटराईले भने ।

रीता श्रीमानको मृत्युु भएपछि अस्पताल पुुग्दा समेत उनले श्रीमानको मुुख हेर्न समेत पाइनन । न उनलाई कसैले समवेदना दिएन । लुुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुुदर्शन थापाले मृतक थापामा कोरोनाको रिर्पोट नेगेटिभ आए पनि अन्य के कारणले मृत्युु भएको हो भन्ने खुुल्न नसकेको बताए । चिकित्सक थापाले बाबुुराममा कुुनै दीर्घरोग नभएको बताएका थिए ।

 
 
  
 

You may also like