राष्ट्रिय संगीतकर्मी संघले बिपदमा परेका कलाकर्मीलाई सहयोग गर्न

बुटवल। राष्ट्रिय संगीतकर्मी संघले संस्थासँग आवद्ध तथा कलाकर्मीहरुलाई सहयोग गर्ने भएको छ । संस्थाको यही चैत्र १६ गते बसेको केन्द्रीय समितिको बैठकले अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालमा जारी लक डाउनको कारण खाद्यान्न लगायत अन्य समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने भएको छ।

संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा बसेको बैठककले संस्थाका ममहासचिव बिक्रम जङ शाहको संयोजकत्वमा ७ सदस्सिय विपत व्यवस्थापन समिति गठन गरेको छ । समिति सदस्यहरुमा अमृत खाती, उमा श्रेष्ठ, मिलन श्रेष्ठ, नारायण सापकोटा, राज कुमार हुमागाइ र सन्तोष अधिकारी सदस्य रहेका छन् भने अध्यक्ष संरक्षक रहने गरी कोषको बैठकले प्रबक्ता होम सुबेदीलाइ आमन्त्रित सदस्य तोकेको छ। कोषले चैत्र १८ गते बाट नै बिपतमा परेका कलाकर्मी लाई सहयोग गर्न सुरु गरिसकेको छ ।

संस्थाले सरकारले लागु गरेको लकडाउनको पुर्ण रुपमा पालना गरी सबै जना घर भित्र सुरक्षित रहन भन्दै यो कठिन घडीको संकटबाट पार लाउन सम्पुर्ण केन्द्र प्रदेश जिल्ला आजिबन सदस्य र अन्य सदस्यहरुलाई पनि सस्थाको तर्फबाट आ आफ्नो ठाउँबाट जुटन अनुरोध गरेको छ । आपत मा परेका कलाकर्मीले अध्यक्ष राजेन्द्र कुमार कार्की ९८४१५६८०६७ महासचिव ९८५१०३०८९४ लगाएत केन्द्रका अन्य जिम्मेवार पदाधिकारी तथा सदस्य , प्रदेश र जिल्लाका नेतृत्वलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like