रवि लामिछानेको समर्थनमा बुटवलमा प्रदर्शन ( भिडियो सहित )

by समतल अनलाइन

बुटवल । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा प्रदेश नं ५ को राजधानी बुटवलमा हजारौको सँख्यामा जनलहर उर्लिएको छ । न्युज २४ को कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई सुनियोजित तवरले फसाउने प्रयास गरिएको भन्दै स्थानीय ,युवा,बिध्यार्थी एबम बुद्धिजिबीको उपस्थितीमा दबावमूलक प्रदर्शनको आयोजना गरेको तरुण नेता अमृत गिरिले बताए ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या अनुसन्धानको नाममा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र युबराज कंडेलको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसहित प्रदर्शन गरेको हो।

चौतर्फी रुपमा लामिछानेको पक्षमा आवाज उठ्न थालेसँगै स्थानीय नगरवासीसँगको सहकार्यमा बाइक र्याली सहितको प्रर्दशन आज साझ ४:०० बजे मणिग्राम जम्मा भएर शंकरनगर, योगिकुटि,राजमार्ग चौराहा,हस्पिटल लाईन,अमर पथ ,हाटवजारलाईन,गोलपार्क हुदै ट्राफिक चोक कोणसभामा परीणत भएको थियो । कोण सभामा अमृत गिरी ,रुद्रप्रसाद घिमिरे ,असिम थापा ,तिलक राणा , दिपक घिमिरे लगायतले सम्बोधन गरेका थिए ।

 
 
  
 

You may also like