न्यु होराइजन आईसिटि क्लबद्वारा जिल्ला स्तरीय श्रव्य – दृश्य हाजिरीजवाफ प्रतियोगिता गरिँदै

by समतल अनलाइन

बुटवल । न्यु होराइजन अंग्रेजी मा.वि को न्यु होराइजन आइ.सी.टी क्लबद्वारा यहि भाद्र ७ गते शनिबार जिल्ला स्तरीय श्रव्य – दृश्य आइ.सी.टी.हाजिरीजवाफ प्रतियोगिता गरिने भएको छ। प्रतियोगितामा रुपन्देही जिल्लाका कक्षा ८ देखि लिएर कक्षा १२ सम्मका विद्यार्थी भाग लिन पाउने कार्यक्रम संयोजक आशिष अर्यालले बताए ।

आयोजकका अनुसार बिहान ८ बजे देखि छनोट राउण्ड हुने बताइएको छ। उक्त हाजिरीजवाफ प्रतियोगितामा कम्प्युटर र आइ.सी.टी सम्बन्धी प्रश्नहरु सोधिने छन् ।
प्रथम स्थान हासिल गर्ने समूहलाई नगद रू. ११,००० र प्रमाण पत्र , द्वितीय समुहलाई नगद रु ८,००० र प्रमाण पत्र र तृतीय हुने समुहलाई नगद रू ५,००० र प्रमाण पत्र प्रदान गरिने कुरा यसै क्लबका अध्यक्ष रोहन भट्टराईले जानकारी दिएका छन । यस खालको कार्यक्रम प्रदेश न. ५ मै दोस्रो पटक आयोजना हुन् लागेकोले समस्त आइ.टी. संग सम्बन्धित व्यक्तित्वहरुलाई आमन्त्रणा गरिएको कुरा कार्यक्रम संयोजक आशिष अर्यालले बताएका छन ।

 
 
  
 

You may also like