लकडाउन १४ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं । नेपाललाई समेत प्रभावित बनाई सकेको विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणलाई फैलन नदिन सरकारले जारी लकडाउनलाई थप लम्ब्याउने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आज (आइतबार) को बैठकले जारी लकडानको अवधि थप गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन लडडाउन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । आजै ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले समितिको निर्णयमा छलपल गरी थप निर्णय गर्ने जनाइएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

यता लकडाउनका कारण सर्वसाधरण नागरिक समस्या पर्न थालेका छन् । सर्वसाधरणले ग्याँसलगायतका उपभोग्य वस्तुको अभाव हुन थालेको बताएका छन् । अहिले बजारमा ग्याँसलगायत तरकारी र फलफूलको अभाव छ ।

तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

 
 
  
 

You may also like