बुटवलको आइसाेलेसनमा राखिएका एक व्यक्तिको मृत्यु

बुटवल । बुटवलको धागो कारखानामा बनाईएको आइसाेलेसनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नं ४ सीसौ डाँडाका ३७ बर्षीय व्यक्तिको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए । उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकि रहेको बताए ।

चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्वारेण्टाइनमा राखिएको थियो । कोरोनाको लक्षणसँग मिल्दो जुल्दो देखिएकाले उनको स्वाव परिक्षणका लागि आज आइतबार काठमाण्डौ पठाईएको छ । अहिले उनको परिवार सम्पर्कमा रहेकाहरूको उनिहरुको लिस्ट बनाउने काम भइरहेको मृतकका छिमेकी दीपक अधिकारीले जानकारी दिए ।

 
 
  
 

You may also like