१७ करोड हिनामिना गरेको अभियोगमा बैंक म्यानेजर पक्राउ

४ भाद्र २०७६, बुधबार

४ भदौ, तुलसीपुर । देब विकास बैंक नारायणपुर शाखाका म्यानेजर समीर बुढाथोकी १७ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।

रकम हिनामिना पश्चात् फरार भएका उनलाई गएराति प्रहरीले लमहीबाट पक्राउ गरेको हो ।

 

बुढाथोकी माथि बैंकले १७ करोड रकम घोटाला गरेको अभियोग लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया