बुटवल । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् । ‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।
पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो (मंगलबार) रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै अनुसन्धानको लाथि थप सयम माग गरेको थियो ।
अदालतले प्रहरीलाई रवि लगायतका तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको भिडियो तोडमोड गरिएको र सार्वजनिक गरिएको भन्दै रविका समर्थकले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।