सैनामैनामा बजार अनुगमन तिव्र

टिका खरेल
सैनामैना । विश्व भरी कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि यसको रोकथाम लागी सरकारले आवश्यक तयारी गरिरहेको छ ।

सैनामैना नगरपालिकाले पनि कोरोनाको संक्रमण रोक्न र यसबाट बच्ने उपायको बारेमा नागरिकमा सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । संक्रमणको बेलामा हुन सक्ने कालो बजारीलाई मध्यनजर गर्दै नगर क्षेत्रमा बजार अनुगमनलाई तिव्रता दिईको छ ।

सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको नेतृत्वमा यस क्षेत्रको मुर्गिया, रानीबगिया, क्लौनी, रामापुर, बासगढी र सालझण्डी क्षेत्रमा बजार अनुगमन तिव्र बनाईएको सैनामैनाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताउनु भयो ।

किराना पसल, होटेल तथा रेष्टुरेण्ट, फार्मेसी, कोल्ड स्टोर, ग्यास पसल लगायतका पसलहरुको दैनिक अनुगमन गरि रहेको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भयो । संकटको समयमा बजारमा खाध्य बस्तुको अभाव हुन नदिन र कालो बजारी रोक्नको निम्ती अनुगमन गरिएको उपप्रमुख रानाले बताउनु भयो ।
सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको नेतृत्वमा सैनामैना ब्यापार संघ, सैनामैना उधोग बाणिज्य संध, उपभोक्ता हित संरक्षण मञ्च सैनामैना, होटेल तथा रेष्टुरेण्ट ब्यवसायी संघ सैनामैना, नगरपालिकाका कर्माचारी, प्रहरी, पत्रकार लगायतको टोली रहेका छन ।

सैनामैनामा तयार छ आर आर टि टिम

सैनामैना नगरपालिकामा नोवेल कोराना भाइरसका मिल्दा जुल्दन लक्षण कसैमा देखिएमा तुरुन्तै उपचार केन्द्रसम्म लैजानको लागी डा प्रकाश खरेलको नेतृत्वमा कोरोना भाइरसका बिरुदको र्यापिट रेस्पोन्स टिम र टिमलाई आवश्यक मेडिकल सामाग्री खरिद गरी तयारी अवस्थामा रहेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थी, पर्रोहा हेल्थ पोष्ट, दुधराक्ष र सालझण्डी हेल्थ पोष्ट प्रमुख, ईलाका प्रहरी कार्यालय रन्यौरा र ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख, नर्स ,शहरी स्वास्थ्य केन्द्रका प्रमुख, एम्बुलेसन्स चालक लगायतको टोली सैनामैनामा तयारी अवस्थामा राखिएको बताउदै प्रमुख कार्कीले सैनामैनामा सचेताना कार्यक्रमलाई बिशेषरुपमा निरन्तरता दिई रहेको बताउनु भयो । नोबेल कोरोना भाईरबाट सतर्कता अपनाउन समेत नगरबासिलाई अनुरोध गर्दै भरपर्दाे मिडियाका समाचार सुन्न तथा पढ्ना र अनावश्य भ्रमको पछि नलाग्न समेत उहाले सबैलाई अग्रह गर्दै नगर भित्रका सबै संघ,संस्था, सहकारी, बिधालय, क्लब र सामाजिक संस्थाहरुले पनि सचेता कार्यक्रममा अग्रसर हुन समेत गर्नू भयो ।

यस अगाडी नै नगरपालिकाले सैनामैना नगर भित्र कुनै पनि सार्वजनिक कार्यक्रम गर्न निषेध गरी यहा लाग्ने हाटबजार, बिधालय लगायतका सबै बन्द गरिएको छ ।

 
 
  
 

You may also like