गुल्मीमा चट्याङ लागेर एकको मृत्यु

गुल्मी। गुल्मीमा चट्याङ्ग लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।

गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले पुष्टि गरे ।

एसपी जिसीका अनुसार श्रीसको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिदैँछ ।

 
 
  
 

You may also like