लायन्स बुटवल मुक्तिनाथद्वारा अस्पातलका बिरामीलाई सहयोग

बुटवल । लायन्स क्लाब अफ बुटवल मुक्तिनाथले बुटवलको जेनस अस्पतालमा उपचाररत बिरामी कृष्णप्रसाद घिमिरेलाई नगद सहयोग गरेको छ ।


अत्यन्तै बिपन्न परिवारका घिमिरेलाई आर्थिक अवाभमा अस्पतालवाट डिस्चार्ज हुन समस्या भएपछि लायन्स क्लाब अफ बुटवल मुक्तिनाथलका सदस्यहरुले आफ्नै पहलमा रकम जम्मा गरेर बिरामीलाई सहयोग गरेका हुन । अर्घाखाची जिल्लाको पाणिनी गाउपालिका मैदान घर भएका नेत्रप्रसाद घिमिरेका पुत्र कृष्ण केहि समय अगाडी काम खोज्दै भारतको पन्जाब पुगेका र त्यहि गम्भीर दुर्घटनामा परेका थिए । आर्थिक अवाभमा भारतमा उपचार असम्भब भएपछी उनलाई नेपाल बोलाएर उनका आफन्त र सुबेक्षुकहरुको सहयोगमा उपचार भइरहेको छ ।

उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्ने जानकारी र पाणिनीे गाउपालिकालेसमेत सहयोग गरिदिन गरेको आग्रह सहितको पत्र पाएपछि सामाजिक क्षेत्रमा क्रियासिल लायन्स क्लब अफ मुक्तिनाथको तर्फवाट नगद छब्बीस हजार रुपैया अस्पतालमै पुगेर बिरामीका बुवा नेत्रप्रसाद घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

लायन्स क्लब अफ बुटवल मुक्तिनाताका बर्ष २०१९÷०२० का अध्यक्ष शोभाखर बन्जाडे ,बर्ष २०२०÷२१ का लागि नवनिर्वािचत अध्यक्ष सुरेशचन्द्र भट्टराई अभियान्ता गोपाल घिमिरे,ठाकुर पाण्डे,गोबिन्द बन्जाडे लागायत त्यहा उपस्थित सहयोगीहरुले क्लबको तर्फवाट रकम जुटाएर सहयोग हस्तान्तरण गर्दै समस्यामा परेका व्यक्तिलाई सहयोग स्वरुप एउटा इँटा थप्न पाउदा खुसि ब्यक्त गरे ।

आम्दानीको कुनै श्रोत नभएका घिमिरेको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा दैनिक चलाइएका औसधि र खाने बस्ने बाहेक अप्रेसन र बेडचार्ज मात्र रु दुइलाख बत्तिसहजार खर्च आएपछि बिरामीका परिवारले सहयोगको अपिल गरेका थिए ।
लायन्स क्लब अफ बुटवल मुक्तिनाथ लगायतका सामाजिक सस्थाहरु र बिरामीका आफन्तहरुवाट सहयोग जुटाएर कुल दुइलाख एगारहजार जम्मा गरि बाकि रहेको एक्काइस हजार रुपैया सहुलियत दिन सामाजिक अभियान्ताहरु र बिरामीका आफन्तले गरेको आग्रह अस्पताल प्रसासनले अस्विकार गरेपछी थप रकम ऋण काडेर डिस्चार्ज गराउन लागेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अस्पताल प्रसासनप्रति बिरामीका बुवा नेत्रप्रसाद घिमिरेले दुखेसो पोखे ।

दुई महिना देखि उपचारत उनि अहिले निको हुने क्रममा छन । दुर्घटना पछी खुट्टामा गम्भीर समस्या भएका उनि अहिले पनि हिडडुल गर्न सक्दैनन । रकम चुक्ता गरेपछि बिरामीलाई घर पठाउन सकिने तर अझै केहि समय अस्पतालको सम्पर्कमा रहेर उपचार गरे उनि निको हुने अस्पताल प्रसासनले जनाएको छ ।

 
 
  
 

You may also like