नागरिक समाजद्धारा ध्यानकर्षण

बुटवल। रुपन्देही नागरिक समाजद्धारा सिद्धार्थनगर नगर पालिकाका विभिन्न क्षेत्रमा उठन नसकेर छरपष्ट फैलीएको फोहोर व्यवस्थापनका विषयमा नगर प्रमुख हरी अधिकारीको ध्यानाकर्षण गराएको छ ।

चैत्र ५ गते नगर प्रमुखको कार्यकक्षमा समाजका अध्यक्ष क्या. रेशम के.सी., संरक्षक पूर्व मन्त्री प्रकाश चित्रकार, उपाध्यक्षद्धय श्रीराम गुप्ता र शारदा पोखरेर, सचिव दिपक रोका, कोषाध्यक्ष चन्द्र बहादुर रोका, सिए गणेश चापगाई, प्रदुमान श्रेष्ठ र अन्य सल्लाहकार लगाएतको नागरिक अगुवाहरुद्धारा फोहोर उठन नसकेको कारण र अबका दिनमा यस्तो वातवरण आउन नदिन अपनाउनुपर्ने पूर्व तयारीका बारे नगर प्रमुखको धारणा माग गरे । नगर प्रमुखद्धारा अहिलेका लागि फोहर उठन शुरु गरिसकेको र अब आउने दिनमा व्यवस्थित डम्पिङ साइटमा लगेर व्यवस्थापन गर्ने बारे सरोकारवालाहरुसँग छलफल भइरहेको कुरा व्यक्त गरे । त्यसै अवसरमा कोरोना भाइरस फैलिएमा उपचारको व्यवस्थापनको प्रश्नमा मेयरले युनिभर्सल मेडिकल कलेज, भैरहवामा दश वटा र भिम अस्पतालमा चार आइसोलेटेड वेडको व्यवस्था भइसकेको र अन्य विकल्पहरुबारे पनि सरोकारवालाहरु सँग छलफल भइरहेको बताए ।

नागरिक अगुवाहरुद्धारा मालपोत र नापी कार्यालय भैरहवामा छड्के गरी त्यहाँ भएका वेथितीहरुका बारे सम्बन्धीत कार्यालय प्रमुखहरुलाई जानकारी गराइयो । विशेषगरी मालपोतमा अव्यवस्थित भिडभाड र त्यसवाट कोरोनाको प्रकोप बढ्न सक्नेबारे पनि कार्यालय प्रमुखलाई गम्भिर रुपमा जानकारी गराइयो ।

 
 
  
 

You may also like