आजदेखि मलेसिया ‘लकडाउन’

काठमाडौं । मलेसियाले आजदेखि देशैभरका सार्वजनिक गतिविधि बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मलेसियाले स्कुल, व्यवसाय, यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मुहिद्दिन यासिनले आगामी मार्च ३१ गतेसम्म सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

यो अवधिमा दैनिक उपभोग्य वस्तु र औषधि विक्री गर्ने पसल भने खुला नै रहनेछन् । त्यस्तै मलेसियाका नागरिकलाई विदेश जान र विदेशबाट मलेसिया प्रवेशमा पनि रोक लगाइएको छ ।

 
 
  
 

You may also like