पोर्चुगलमा काम गर्ने नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौँ। पोर्चुगलमा काम गर्ने एक नेपाली नागरिकलाई कोरोनाभाइरसको संक्रमण भएको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा कार्यरत एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएता पनि उनको नाम, उमेर लगायतको बिवरण भने गोप्य राखिएको छ ।

पोर्चुगलमा अहिलेसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

 
 
  
 

You may also like