विकास निर्माण र समृद्धिका लागि शान्ति सुरक्षा प्रमुख सर्त

by समतल अनलाइन

बुटवल। बिकास निर्माण र समृद्धिका लागि शान्ति सुरक्षा प्रमुख सर्त भएको सरोकारवालाले बताएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले देशमा समृद्धिको नारा घन्किएको र त्यसलाइ पूरा गर्न शान्ति सुरक्षा अनिबार्य सर्त भएको बताएका छन् । प्रदेश सांसद बिष्ण पन्थीले बिकास निर्माणको पहिलो आधार शान्ति सुरक्षा भएको बताएका हुन् ।

प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरेश विक्रम शाहले विप्लव समूहलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमण भएको बताए ।

नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालको गाडीमा विहिबार राती बम प्रहार भएको घटनापछि रुपन्देही आएका डिआईजी शाहले विप्लव समूहले चन्दाकै लागि गाडीमा आक्रमण गरेको बताएका हुन ।सरकारले प्रतिबन्ध लगाएकाले विप्लवले गरेका कानुन विपरितका काममा निगरानी बढाएको उनको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्य्रिय बरिष्ट उपसभापति गोबिन्द खनालले नेपालमा अपराधमा राजनीतिकरण गरिने गरेकाले अपराधिहरु राजनीतिक आडमा छुट्ने गरेको बताए । उनले प्रहरी प्रशासनको ब्यबसायीक पेशामा दलहरुले हस्तक्षेप गरेको बताए ।
रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

 
 
  
 

You may also like