पत्रकार अधिकारीको शव सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा

by समतल अनलाइन

बुटवल । स्कारपियो अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएका ४२ वर्षीय पत्रकार डायलसन अधिकारीको शव राजविराज ल्याइएको छ।सप्तरीको कञ्चनरुप नगरपालिका ११ बक्साहास्थित पूर्व-पश्चिम राजमार्गमा भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो।

शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको सप्तरी प्रहरीले जनाएको छ। उनी रेडियो नेपाल रुपन्देहीका संवाददाता थिए।

रुपन्देहीबाट लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको बा १६ प २२३५ नम्बरको स्कारपियो शनिबार ९ः४५ बजे दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

अधिकारीका वृद्ध बुबा, श्रीमती, एक छोरा र एक छोरी छन्। उनका बुबा कपिलवस्तु र परिवार तिलाेत्तमामा बस्दै आएको छ।

स्कारपियोमा सवार रुपेन्देही उद्योग वाणिज्य संघका अध्यक्ष झविन्द्रप्रसाद कँडेल, तिलोत्तमा नगरपालिका १ र ५ का वडाध्यक्ष रामनाथ पाण्डे र सोहन चौधरी थारुसँगै चालकसमेत घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 
 
  
 

You may also like