बुटवल महिला जेसिसको तीज मिलन सम्पन्न

by समतल अनलाइन

बुटवल। बुटवल महिला जेसिसको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । जेसिस अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता र कल्पना कुसुमको संयोजकत्वमा साे कार्यक्रम सञ्चालन भएको थियो ।

साे अवसरमा संस्थापक अध्यक्ष रेखा कट्टेल, पूर्व अध्यक्ष राजुदेवी खनालले शुभकामना मन्तव्य दिनुभएको थियो । ३० जनाको सहभागिता रहेको कार्यक्रममा अनुपमा श्रेष्ठकाे धन्यवाद मन्तब्यको रहेको थियो, ।

कार्यक्रममा भएकाे नृत्य प्रतियोगितामा एकल नृत्य, बोर्डको तर्फबाट नृत्य, पूर्व अध्यक्षहरू बाट, नयाँ सदस्यहरु तथा नन जेसिसको पनि थियो ।

जसमा पूर्व अध्यक्ष बाट रेखा कट्टेल, बोर्डबाट अनुपमा श्रेष्ठ, सदस्यहरु मध्ये सबिना बस्नेत उत्कृष्ट हुनुभएको थियो भने नयाँ सदस्य बाट रिमा गिरी र,ननजेसिस बाट सीमा खनाल पुरस्कृत हुनुभएको थियो ।

उत्कृष्ट पोषाकमा सपना कार्की पुरस्कृत हुनुभएको थियो । पुरस्कार साज बुटिक एवं हरि ऊं साडी ले सौजन्य गरेको थियो ।

 
 
  
 

You may also like