स्वालम्बन महिला समुह नगरपालिकामा हस्तान्तरण

by समतल अनलाइन

टिका खरेल
सैनामैना। एक कार्यक्रमका बिच नवगठित स्वालम्बन महिला समुहरुलाई सैनामैना नगरपालिकामा हस्तान्तरण गरिएको छ । हेफरको मातहातमा सञ्चालन भएका स्वालम्बन महिला समुहलाई आज ( शनिबार) नगरपालिकामा हस्तान्तरण गरिएको हो ।अव देखि महिला लक्षित कार्यक्रम यसै समुहबाट सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

वडा न.८ रामापुर स्थित सतचिन्तन सामुदायिक प्रतिष्ठानको हलमा भएको कार्यक्रम देवराज पौडेलको अध्यक्षता सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा समुन्द्र जिसिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले महिलाहरुको जिवनमा परिर्वतन हुने गरि काम गर्ने बताउनुभएको छ । महिला विकास शाखा मार्फत महिला लक्षित कार्यक्रम अघि बढाइन जानकारी दिदै मेयर कार्कीले महिलाको क्षमता विकास र उनीहरुको ब्यक्ति विकास गराई सिपमुलक तालिम सञ्चालन आयआर्जनमा आत्मनिर्भर बनाउने तर्फ सैनामैैना अघि बढेको बताउनुभयो ।उहाँले यस समुहबाट छुटाएको बजेटले उत्पादन क्षेत्रमा लगानी गरि महिलाहरुलाई कृृषि प्रति प्रोत्साहीत गर्नेे बताउनुभयो ।

समुहमा कर्मचारीको मनोमानी अझै पनि कायमै रहेको बताउदै समुन्द्र जिसिले यस्तो हुन नदिन जनप्रतिनिधीहरुले चासो दिनुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रम वडा न.३का वडा अध्यक्ष रत्न बहादुर पौडेल,वडा न.९का कार्यवहाक अध्यक्ष कमला चौधरी लगायतले बोल्नुभएको थियो ।१४ वटा समुहमा आवद्ध महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा चित्र गौतमको स्वागत तथा बसन्त खड्काको सञ्चालन तथा समुह अध्यक्ष देवराज पौडेलले समुहको सम्र्पुण विवरण पेश गर्नुभएको थियो।

 
 
  
 

You may also like