कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’ पत्ता लागेको दावी

by समतल अनलाइन

काठमाडौं । विश्वका लागि निकै चुनौतीपूर्ण बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको मुखबाट लिन सकिने ‘भ्याक्सिन’ पत्ता लागेको छ ।

चीनको थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको टोलीले सो भ्याक्सिन पत्ता लागाएको थियो । उनले आफंैले विकास गरेको सो ट्याबलेटको चार डोज प्रयोग गरेका थिए । सो क्रममा उनमा कुनै साइड इफेक्ट देखानपरेको उल्लेख छ ।

साथै सो विद्यालयले उक्त औषधिलाई क्लिनिकल परीक्षण र आम रुपमा उत्पादन गर्नका लागि साझेदारको खोजी गरीरहेको चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले जनाएको छ ।
सो टोलीले क्याप्सुलका रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनर्मिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विकास गर्न सफल भएका छन् ।

उक्त ‘भ्याक्सिन’ लाई मुखबाट लिँदा त्यसले भाइसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ कोरोनाको संक्रमण हुनबाट रोक्नुका साथै यसले संक्रमितको उपचारमा समेत सहयोग पुग्ने बताइएको छ । एजेन्सी

 
 
  
 

You may also like