देशभरका सामुदायिक बिद्यालयका कर्मचारी बुटवलमा

by समतल अनलाइन

तिनै तहका सरकारबाट उपेक्षा गरिएको गुनासो
हरिश ढकाल

बुटवल । देशभरका सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुले राज्यका तिनै तहका सरकारबाट आफुहरु उपेक्षित हुनु परेको गुनासो गरेका छन । बुटवलमा आयोजित नेपाल बिद्यालय कर्मचारी युनियनको राष्ट्रिय सम्मेलनमा सहभागिहरुले शिक्षकसँग बराबर समय काम गरेपनि कर्मचारीहरु माथि हेर्ने दृष्टिकोण भेदभावपुर्ण रहेको उनिहरुले बताएका छन ।

मुलुकभरका झण्डै ३६ हजार सामुदायिक बिद्यालयमा काम गर्ने गैरशिक्षक कर्मचारीहरु बिगत लामो समयदेखि नै राज्यबाट उपेक्षित हुनुपरेको गुनासो कार्यक्रममा सहभागिहरुले गरेका हुन ।

शिक्षकले न्यूनतम २५ हजार तलव खाँदा आफुहरु २५ सयमै चित्त बुझाउनु पर्ने बाध्यतात्मक स्थिती रहेको भन्दै एउटै बिद्यालयमा काम गर्दा पनि राज्यले आफुहरुलाई दोश्रो तहको नागरिकको दर्जा दिएको भन्दै चिन्ता ब्यक्त गरेका छन । शिक्षा बिभाग, कार्यक्रम तथा बजेट बिभागले तत्कालिन ७५ वटै जिल्ला शिक्षा कार्यालयमा मिति २०७३÷०६÷०९ गते पठाएको परिपत्र अनुसार सामुदायिक बिद्यालयमा कार्यरत गैरशिक्षक कर्मचारीहरुको तलव न्यूनतम बार्षिक २६ सयदेखि मासिक ११ हजार ५ सयसम्म रहेको छ ।

उक्त परिपत्र अनुसार कक्षा १ र २ मात्र अध्यापन हुने बिद्यालयमा मासिक २ हजारका दरले १३ महिनाको २६ हजार, कक्षा ३ सम्म पढाई हुने बिद्यालयमा मासिक ४ हजारका दरले १३ महिनाको ५२ हजार, कक्षा ५ सम्म पढाई हुने बिद्यालयमा मासिक ४५ सयका दरले १३ महिनाको पारिश्रमिक अनुदान स्वरुप उपलब्ध गराइने निर्णय भएको छ । कक्षा ८ सम्म चलेका बिद्यालयका लागि मासिक ७५ सयका दरले १३ महिनाको पारिश्रमिक, १२ सम्म चलेको बिद्यालयमा एकजना कार्यालय सहायकका लागि ११ हजार ५ सय र एकजना कार्यालय सहयोगीका लागि ७ हजार ५ सयका दरले १३ महिनाको पारिश्रमिक अनुदान दिने निर्णय गरिएको छ ।

सो अवसरमा बोल्दै शिक्षा बिकास निर्देशनालय, प्रदेश पाँचका निर्देशक मनोज गैरेले सामुदायिक बिद्यालयमा काम गर्ने कर्मचारीहरु राज्यबाट उपेक्षित हुनुपरेको भन्दै समस्या समाधान हुने बिश्वास ब्यक्त गरेका छन । ै माध्यमिक तहसम्मको शिक्षा स्थानिय सरकार मातहत समाबेश गरिएकाले स्थानिय तहको ध्यान आकृष्ट हुनेमा बिश्वास ब्यक्त गर्दै गैरेले बिद्यालयको शैक्षिक एवं भौतिक बिकासमा कर्मचारीले पुराएको योगदानलाई भुल्न नहुने बताए ।

नेपाल बिद्यालय कर्मचारी युनियनको राष्ट्रिय अध्यक्ष कमलप्रसाद खतिवडाले मुलुकको शैक्षिक क्षेत्रको बिकासमा शिक्षकसँगै अहोरात्र खटिएका कर्मचारीको समस्या समाधान गर्न तिनै तहका सरकार अग्रसर हुनुपर्ने धारणा ब्यक्त गरेका छन । युनियनका महासचिव अर्जुन थापा, पुर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्र कान्दु लगाएतले बिद्यालय कर्मचारीहरुको माग पुरा गर्न चरणबद्ध आन्दोलन गरिएको, सरकारले एउटा कार्यदल गठन जानकारी गराउँदै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँगे्रसका प्रदेश उपाध्यक्ष कृष्णप्रसाद बेलबासे, जिफन्टका सचिव हुमाकान्त काफ्ले, कान्ति माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा लगाएतले सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको समस्या र समाधानका उपायबारे आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

 
 
  
 

You may also like