पत्रकार अधिकारीको निधनप्रति महासंघ स्तब्ध

by समतल अनलाइन

बुटवल । नेपाल पत्रकार महासंघले पत्रकार डायलसन अधिकारीको अकल्पनीय निधनले स्तब्ध भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश ५ तथा पत्रकार महासंघ रुपन्देहीले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै घटनाबाट असल कलमजीवी गुमाएको उल्लेख गरिएको छ ।

महासंघ प्रदेश ५ का कार्यवाहक अध्यक्ष भरत केसी तथा रुपन्देही सचिव रामप्रसाद आचार्यद्वारा जारी शोक वक्तव्यमा महासंघका केन्द्रीय सभासद अधिकारीको निधनले स्तब्ध एवं मर्माहत बनाएको उल्लेख गर्दै शोकाकुल परिवाजनप्रति धैर्यधारण गर्न आग्रह गरिएको छ ।

 
 
  
 

You may also like