सामाजिक संजाल बाह्मण समुह रुपन्देहि बि.बि.आर समुहले बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल । समृद्धिका लागि सामाजिक संजाल बाह्मण समुह रुपन्देहि बि.बि.आर समुहले आज एक कार्यक्रमका बिच बुटबल माबि मा बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरेका छन ।

सामाजिक क्षेत्रमा कामहरु गदै आएको यस बाह्मण समुहले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि केहि मात्र मा राहत होस भन्ने उद्देश्यले यस बुटबल मा बि का १२ जना बिद्यार्थीहरुलाइ कापि, किताब, झोला लगायत बिबिध शैक्षिक सामाग्री बितरबण गरेका छन ।

बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगर पालिकाका वडा न १ का वडा अध्यक्ष महेन्द्र लिगलले वाह्मण समुहले सामाजिक क्षेत्रमा गरेका साामजिक कामहरुको प्रसंसा गरेका छन ।

बाह्मण समुहले गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री बितरण गरि शिक्षा क्षेत्रमा सानो सहयोगले थप अगाडी बढने उर्जा प्रदान गर्न सहयोग धन्यबाद व्यक्त गरे ।

आगागी दिन बुटबल उपमहानगरपालिकाको साथ र सहयोग आबश्यक परेको सधै सहयोग गर्न रहेको बताए । यस्ता सामाजिक कामहरुलाइ आगामी दिनमा निरन्तर अगडी बढाउन आग्रह गरे ।

कार्यक्रममा बुटबल माबि का सह प्रअ घङश्याम गौतम, रुपा पोखरेल, पत्रकार बिष्णु घिमिरे, पण्डित बाबुराम गौतम तगायतले मन्तव्य राखेका थिए । कार्यक्रम बिबेक पौडेलको अध्यक्षयता तथा बन्दना पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like