कोरोना अपडेट : चीनमा मृतकको संख्या २१ सय नाघ्यो

by समतल अनलाइन

एजेन्सी
बेइजिंग । कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार १२० पुगेको हो ।

चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार बुधबार मात्र १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र दुई हजार २० जनाको मृत्यु भइसकेको छ ।

चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ ।

विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ । जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सातसय यात्रु मध्ये २१ जनामा कोरोनाको सरंक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।

यसैबीच इरानको तेहरानमा पनि कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कूममा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like