रवि लामिछानेलाई ५ वर्ष कैद होला ? यस्तो छ विद्यमान कानून …

by समतल अनलाइन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने तानिएका छन् । लामिछाने र उनकै टिमका युवराज कंडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई बिहीबार साँझ प्रहरीले अनुसन्धानका लागि पक्राउ परिसकेको छ ।

मृतक पुडासैनीको मृत्युअघिको भिडियो बयानका आधारमा उनीहरु पक्राउ परेका छन् । भिडियो बयानमा मृतक पुडासैनीले रवि, युवराज र अस्मितालाई आत्महत्या गर्न दुरुत्साहन गरेको बताएका छन् ।

प्रहरीले उक्त भिडियो सही भएको पुष्टि भएपछि भिडियोमा नाम लिएका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

प्रमाण ऐन २०३१ अनुसार मृत्युकालीन कथन (डेथ डिक्लेरेशन)लाई बलियो प्रमान मानिन्छ । तसर्थ प्रहरीले भिडियो सही भएको एकीन भएसँगै लामिछानेसहित पुडासैनीले नाम पोलेका व्यक्तिलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरको सहयोगमा पक्राउ गरिएका उनीहरुलाई थप अनुसन्धानका लागि चितवन पु¥याइएको छ । उनीहरुमाथि प्रहरीले २५ दिनसम्मको म्याद थप गराइँ अनुसन्धान गर्ने छ ।

त्यसपछि भने सजाय के हुने भन्ने फैसला अदालतले गर्ने छ ।

मुलुकी अपराध संहिता २०७४ का अनुसार रविसहित पक्राउ परेका तीन जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

पुडासैनीको मृत्युकालीन कथन सही सावित भइसकेको छ । प्रमाण ऐन २०३१ अनुसार प्रमाण पुगेको छ । यस अवस्थामा मुलकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा १ आकर्षित हुन्छ ।

हेर्नुस् कानूनी व्यवस्था यस्तो छ –

 

 
 
  
 

You may also like