नेकपा प्रदेशसभा प्रमुुख सचेतक ढकालको घरमा बम प्रहार

by समतल अनलाइन

३१ साउन, बुटवल । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम आक्रमण भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३ प्रहार भएको हो । सचेतक ढकालका अनुुसार ढकाल सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठामा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गयो खुुल्न सकेको छैन । सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।

‘म काठमाडौं गम्भीर विरामी भएर उपचार गर्दै छुु । राति दुुईबजेततिर बम प्रहार भएको जानकारी पाए । मलाई घरमै छ भनेर बम हानिएको रहेछ’ उनले भने । प्रहार भएका ३ वटा बममध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएर धेरै धनजनको क्षति हुन पाएन ।

ढकाल सुुत्ने कोठाको र उनका बाबाआमा सुस्ने कोठाको बम नपडकिँदा धनजनको ठूूलो क्षति हुुनबाट जोगिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए ।

बम प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like