पहिलो पाइला नेपालले राष्ट्रसेवकहरुसँग रक्षा बन्धन मनायो

by समतल अनलाइन

बुटवल, ३० साउन । पहिलो पाइला नेपाल काठमाडौ शाखाले रक्षा बन्धनको अवसरमा राष्ट्रसेवकहरुलाइ रक्षा बन्धन बाध्ने कार्यक्रम सम्पन्न गरेको छ
देश र जनताको सुरक्षाको निम्ति सदैव तत्पर रहिरहने नेपाल प्रहरी सङ्गठनका दाजुभाइहरूलाई पनि रक्षा बन्धनको महत्व झल्काउदै उनिहरुको पनि सुरक्षाको कामना गर्दै उक्त कार्यक्रम गरिएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरबाट सुरु भएको कार्यक्रम माइतीघर मण्डलासम्म पुगेर समापन भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले देश र जनताको लागि राष्ट्रसेवक भएर काम गरिरहँदा रक्षाबन्धनको दिन आफ्नो घरमा दिदिबहिनी को हात बाट रक्षा बन्धन लगाउन नपाएता पनि पहिलो पाइला नेपालले पारिवारिक अनुभुती दिलाएको साथै सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई पनि यसले थप हौसला दिएको बताए ।

उनले थपे, जनता र प्रहरी बिचको सम्बन्धलाई अझै प्रगाढ बढाउनको लागि यस कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको छ । उनले आगामी दिनहरुमा पनि यसरी नै उल्लेखनीय कार्य गर्नको लागि सबैलाइ उत्प्रेरित गरेका थिए । उक्त कार्यक्रममा करिब ५० जना ट्राफिक प्रहरीहरुलाइ रक्षा बन्धन बाधिएको थियो ।

कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु राज महत, केन्द्रिय सह-कोषाध्यक्ष विशाल जङ्ग बस्नेत, पहिलो पाइला नेपाल काठमाडौ शाखा अध्यक्ष प्रशिक्षा खनाल लगायत अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो । सह-सचीव रक्षा बमको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको सचिब सुवास पन्थीले बताए ।

 
 
  
 

You may also like