सडक बालबालिका संगै मनायो इनरव्हिल मिडटाउनले रक्षाबन्धन

३० श्रावण २०७६, बिहीबार

बुटवल।इनरव्हिल क्लब अफ मिडटाउन बुटवलले रक्षाबन्धनको अवसर पारेर सीर्जनशिल संस्था सीन नेपाल तिलोत्तमामाआश्रीत रहेका सडक बालबालिका हरुलाई खाद्यान्न बितरण तथा रक्षाबन्धन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुर्ब अध्यक्ष तथा सस्थाका सल्लाहकार सरस्वती श्रेष्ठले सामाजिक मुल्यमान्यता र सस्कृतिको जगेर्ना गर्दै यसरी सडकबालबालिका सामु आएर कार्यक्रममको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
आश्रममा रहेका सडक बालबालिकालाई आफ्ना आमा बुवाको झल्को मेटाउने र यस्ता चाड पर्बको महत्वका बारेका जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका सदस्य गीता खनालले बताउनुभयो ।
सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको क्लबको बार्र्षीक कार्यक्रम अनुसारसडक बालबालिका संग कार्यक््रमको आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रममलाई निरन्तरता दिदै लैजाने क्लबका अध्यक्ष लक्ष्मी क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा सीर्जनशिल सस्था सिन नेपालका कार्यक्रम संयोजक मीना कर्णेल, पास्ट प्रसीडेण्ड तारा नेपाल , आई पि पि राधा भट्टराई,लगायतले बोल्दै सडक बालबालिकालाई यस्ता सस्कृतिका बारेमा जानकारी दिदै यस्ता पर्बमा रमाउन पाउदा खुशी व्यक्त गर्नुभएको थियो।
कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मी क्षेत्रीको अध्यक्षता , कार्यक्रम संयोजक गीता खनालको स्वागत तथा सचिव सतिा खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।सस्थामा हाल १४ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

   

फेसबुकबाट तपाईको प्रतिक्रिया