आइतबार प्रदेश २ मा सार्वजनिक विदा

by समतल अनलाइन

जनकपुरधाम । प्रदेश २ मा आइतबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले बार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ ।

 
 
  
 

You may also like