कान्तिमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

by समतल अनलाइन

हरिश ढकाल
बुटवल। प्रदेश पाँचकै उत्कृष्ठ सामुदायिक बिद्यालय मध्ये एक कान्ति माध्यमिक बिद्यालय बुटवल ४ मा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न जिल्लाका बिद्यालयबाट उच्च शिक्षा हासिल गर्नका लागि नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई कक्षा १२ का बिद्यार्थीहरुले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालीका वडा नम्बर ४ का अध्यक्ष एवं बिद्यालयका पुर्व अध्यक्ष टंकप्रसाद पोखरेलले उच्च शिक्षा हासिल गर्नु र भबिष्य निर्माणको बाटो तय गर्नु महत्वपुर्ण बिषय भएकाले जिवनमा सफलता हासिल गर्ने लक्षका साथ बिद्यार्थीहरुले अध्ययन गर्नुपर्ने कुरामा जोड दिएका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मा, प्राचार्य गोविन्द ज्ञवाली, शिक्षक अंकित गिरी, बिद्यार्थीहरु दिलिप बिक, बिजय पाण्डे, रोहित सुनार लगाएतले कान्ति माबिले शिक्षा क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा कक्षा १२ मा उत्कृष्ठ नतिजा ल्याउन सफल बिद्यार्थी रबि काफ्लेलाई सम्मान गरिएको थियो भने अतिरिक्त कृयाकलापमा उत्कृष्ठ बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा बिद्यालय ब्यबस्थापन समितिका सल्लाहकार हरिश ढकाल, सदस्य कृष्ण अर्याल, अभिभावक संघका सदस्य प्रमिला मरासिनी, सहप्राचार्यहरु चुडामणी पौडेल, पुर्णभद्र उपाध्याय, केदारनाथ ज्ञवाली, प्लस टु संयोजक यज्ञलाल शर्मा लगाएतले नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत तथा शुभकामना प्रकट गरेका थिए ।

 
 
  
 

You may also like