इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होमले गर्यो पदस्थापन कार्यक्रम

by समतल अनलाइन

बुटवल,२८ साउन ।  इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होमको दोस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पहिलो सेसनको कार्यक्रमका क्लबका अध्यक्ष इन्ट्रयाक्टर समिर पराजुलीको अध्यक्षतामा आरआई डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गर्भनर राजेन्द्र ढकालको प्रमुख आथित्यतामा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुलसी घिमिरेको विशिष्ट आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बर्ष सन् २०१८÷२०१९ का अध्यक्ष समिर पराजुलीले आफ्नो कार्यकालमा गरेका गतिविधिहरु मल्टीमिडिया मार्फत प्रकाश पारेका थिए भने वर्ष सन् २०१९–२०२० का अध्यक्ष विकास रायमाझीले आगामी कार्ययोजना बारे प्रकाश पार्दै आफ्ना बोर्डहरुलाई परिचित गराएका थिए ।

कार्यक्रममा क्लबका संरक्षक तथा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बोल्दै पढाईसंगै विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुग्ने भएकोले यस्ता सामाजिक क्रियाकलाप विद्यार्थीहरुले अग्रसर भएर लाग्न सुझाव दिए । त्यस्तै रोटरी क्लबका पूर्व अध्यक्ष जीवन अधिकारी,पूर्व अध्यक्ष पिताम्बर ज्ञवाली,रोट्रयाक्टका अध्यक्ष मधु भट्टराई, इनरह्वील क्लब अफ रुपन्देहीकी अध्यक्ष मन्जु आचार्यलगायतले बोलेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य क्लबकी मिसिका गुरुङ्गले गरेकी थिईन् भने सन्चालन क्लबकी सिरिशा सिंहले गरेकी थिईन् ।

 
 
  
 

You may also like