काग्रेस महाधिबेशन प्रतिनिधिको प्रशिक्षण २ र ३ गते भैरहवामा हुने,सभापति देउवाले उदघाटन गर्ने

by समतल अनलाइन

बुटवल। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्वर ५ अन्र्तगतका महाधिवेशन प्रतिनिधिलाई आउने साता प्रशिक्षण दिने भएको छ ।

प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रम अन्र्तगत आगामी सोमवार र मंगलवार प्रदेश ५ अन्र्तगतका सबै जिल्लाका ५ सय बडी महाधिबेशन प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रम रुपन्देहीको भैरहवामा हुने छ ।

प्रशिक्षणका लागि नेपाली काग्रेसको जिल्ला पार्टी कार्यालयमा २ वटा हल र सिद्धार्थनगर उद्योग वाणिज्य संघमा २ वटा हलको व्यवस्था गरीएको छ ।
प्रशिक्षण कार्यक्रमको उदघाटन गर्न पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा रुपन्देही आउनेु हुने काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

प्रतिष्ठानका संयोजक रहनु भएका पार्टी उपसभापति बिमलेन्द्र निधि पनि प्रशिक्षण कार्यक्रममा आउनु हुने छ ।
प्रतिष्ठानले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण गर्न डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरी प्रशिक्षणका बिधि प्रक्रिया र बिषय छनौट गरेको छ ।

 
 
  
 

You may also like