बोराले च्यापिएर भैरहवामा एकै परिवारका चार जनाको मृत्यु

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको ज्यान गएको छ ।बोराको थुप्रोले किच्दा भारत बिहारका ३० बर्षिय सहजाद हुसेन, उनीकी श्रमती २८ बर्षिय सद्धव खातुन, ६ बर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अबस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो ।

घरको सटर भित्र तीन तर्फका भित्तामा बोराको चाङ र विचको साघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लीएर थिच्दा सास फेर्न नसकेर निसास्सीएर मृत्यु भएको आशंका गरिएको छ ।

रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५-२० बर्ष देखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्रि बितरण गर्दै आएका थिए । उनीहरुको शब पोस्टमाटमका लागि भैरहवा स्थित भिम अस्पतालमा राखिएको छ ।

 
 
  
 

You may also like