कम्युनिष्ट सरकारले जनतालाई धोका दियो ः पूर्वमन्त्री रज्जाक

by समतल अनलाइन

बुटवल । नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले वर्तमान दुई तिहाई बहुमतको सरकारले जनतालाई धोका दिएको आरोप लगाउनु भएको छ । मुलुकको परिवर्तित व्यबस्थामा लोकतान्त्रिक मुल्य मान्यता अनुसारको संविधान बनाएपनि कम्युनिष्ट सरकारले लोकतान्त्रिक मुल्य मान्यता बिपरितका काम गरेर जनतालाई धोका दिएको बताउनु भएको ।
श्रीपञ्चमीको अवसरमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिले बिहिबार क्याम्पस परिसरको मन्दिरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक मुल्य मान्यता बिरुद्ध गरेका सरकारका गतिबिधिमा बिरोध गर्न समेत आग्रह गर्नुभयो । लोकतान्त्रिक संविधान कार्यान्वयनकालागि ईमान्दारिता प्रस्तुत गर्न सरकारकालाई आग्रह गर्दै सरकारको असंवैधानिक गतिबिधिमा पार्टीको बिरोध रहने जानकारी समेत गराउनु भयो ।


कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले अहिले कम्युनिष्ट पार्टीले सरकार चलाएपनि कम्युनिष्ट शासन अव सदाका लागि अन्त्य हुने बताउनु भयो । उहाँले कम्युनिष्ट सत्ता बाहिरै भएका कारण केही गर्छकी भन्ने आशाले जनताले एक पटक भोट दिएपनि उसका आनीबानी व्यबहारबाट केहीपनि गर्दैन भन्ने कुरा जनताले बुझिसकेकाले कम्युनिष्ट पार्टी अव ईतिहासको पानामा सिमित हुने दावी गर्नुभयो ।
नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिका सभापति दिनेश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका उपाध्यक्ष मदन कट्टेल, नेविसंघ वुटवल वहुमुखी क्याम्पसका पुर्व सभापती प्रेम पौडेल, क्याम्पस प्रमुख डा. शखिशरण सुवेदी, प्राध्यापक डा. बाबुराम ज्ञवाली, नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, नेपाल प्रेश युनियन रुपन्देहीका सदस्य गोबिन्द बस्नेत, इकाई उपसभापति ऋषि भण्डारी, बिद्यार्थी नेता बिष्णु खनाल, लगायतले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like