शुक्रबारबाट बुटवलमा क्यान इन्फोटेक सुरु हुदै

by समतल अनलाइन

बुटवल । शुक्रबार देखि बुटवलमा प्रभू पे क्यान इन्फोटेक क्यान महासंघको आयोजनामा सुरु हुने भएको छ। भोलीदेखी सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।

क्यान महासंघ, रुपन्देहीको आयोजनामा कम्प्युटर, मोबाइल सुरक्षा उपकरण तथा प्रविधिको वृहत प्रदर्शनीको बुटवल बहुमुखी क्याम्पसमा प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ ।

क्यान महासंघले विगत २७ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका कार्यक्रमहरु मार्फत आम जनसमुदायमा चेतना अभिवृद्धि, विकास एवं विस्तार र यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आइरहेको छ ।

क्यान महासंघ, रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले क्यान मेला प्रदेश स्तरीय रहेको बताए । मेला यही माघ २१ गतेसम्म चल्ने गौतमले जानकारी दिए । इन्फोटेकको प्रमुख प्रायोजना प्रभु पे रहेको छ ।

साथै एशोसिएट प्रायोजक वल्र्ड लिंक रहेको छ । पाँचदिनसम्म सञ्चालन हुने यो इन्फोटेकमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने सहसचिव सुरेश भुसालले जानकारी दिए । साथै इन्फोटकमा कम्प्युटर हार्डवेयर, मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल, कम्पनीहरु, ईन्टरनेट सेवा प्रदायक संस्थाहरु, टेलिकम्युनिकेशनस्, बैंक, आइर्. सी.टी कलेजहरु, कम्प्युटर ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर हाम्रा स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर/सफ्टवेयर संग सम्बन्धि परियोजना लगायतका १ सय १० स्टलमा ९० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ ।

मेलाले सूचना तथा सञ्चार प्रविधिको समुन्नत विकासमा सहयोग पु¥याउनुका साथै ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तार, नयाँ तथा नौलो प्रविधिको प्रदर्शन गर्ने अवसर पनि प्रदान गर्ने विश्वास लिएको छ । इन्फोटेकमा सर्वसाधारणहरुलाई प्रवेश शुल्क पचास र विद्यार्थीहरुलाई २० रुपैयाँ टिकटको व्यवस्था छ ।

 
 
  
 

You may also like