हङकङबाट चीन तर्फका यातायात सेवा बन्द, सीमा नाकामा थप कडाइ

by समतल अनलाइन

काठमाडौं। हङकङले चीनसँगको सीमामा यात्रुहरुमाथि कडा निगरानी राख्न थालेको छ ।चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिना हङकङले चीनसँगको सीमा पार गर्ने उच्च गतिका रलेवे सेवा र हवाइ सेवा समेत बन्द गरेको जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच सय भन्दा बढी संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वका १६ देशमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वहानमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्काउन विभिन्न देशहरुले पहल गरिरहेका छन् । चीनका वहान, हुवेइलगायतका प्रान्तमा सार्वजनिक यातायातमा प्रतिवन्त्र लगाइएको छ । एजेन्सी

 
 
  
 

You may also like