सवारी कर्जाको सीमा बढाइँदै

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ ।

बैंकले हाल सवारीसाधन किन्न गाडीको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउँदै आएकोमा ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने तयारी गरिएको बैंक स्रोतले बताएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत कर्जा प्रवाहमा कडाइ गरेपछि सवारीसाधनका शोरुमहरुमा बुकिङ भइसकेको गाडीको पनि बुकिङ रद्द हुन थालेपछि त्यसलाई खुकुलो पार्न सवारीसाधन व्यवसायीहरुले लबिङ गर्दै आएका थिए । आर्थिक अभियान दैनिकबाट

 

 
 
  
 

You may also like