अनमोलको फिल्ममा जसिता

by समतल अनलाइन

काठमाडौं ।अनमोल केसीको फिल्म ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएकी छिन् । बुधवार फिल्मका निर्माता भुवन केसीले जसितालाई अनमोलको अपोजिटमा अनुबन्ध गरेका हन् ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा भारतीय निर्देशकको निर्देशन रहने जनाइएको छ । भुवन केसीका अनुसार फिल्मको छायांकन आउँदो वैशाखबाट थालिनेछ । साथै फिल्ममा भुवनले पनि शीर्ष भूमिका निभाउनेछन् ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्ममा अनमोल र जसिताको जोडी पहिलोपटक देख्न पाइनेछ । यसअघि जसिताले प्रदीप खड्कासँग जोडी बाँधिसकेकी छिन् । अनमोलसँगै डेब्यु भएका नायिकाहरु पनि पछिल्लो समय चर्चामा छन् ।

 
 
  
 

You may also like