नेपाल आईसीसी विश्वकप २०२१ को ग्लोबल क्वालिफायरमा

by समतल अनलाइन

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप २०२१ को सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।बिहीबार आईसीसीले सार्वजनिक गरेको विश्वकप २०२१ को प्रक्रियामा नेपालले क्षेत्रीय छनोट खेल्नु पर्ने बाध्यता हटेको छ । भारतमा हुने विश्वकपका लागि नेपालले अब एसिया छनोट खेल्नु पर्ने छैन् ।

आईसीसीको टी–२० बरियताको १२ औं स्थानमा रहेका कारण नेपालले सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालसँगै जिम्बाबे, युएई र हङकङ पनि पुगेका छन् ।

आईसीसीको वरियताका शीर्ष ८ टोली स्वतः ग्लोबल छनोटमा पुग्नेछन् भने जनवरी १ सम्म बरियताको शीर्ष १२ भित्र अटाउने एसोसियट टोलीले पनि क्षेत्रीय छनोट खेल्नु नपर्ने भएको छ ।

ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् । ग्लोबल छनोट खेल्ने १६ मध्ये अन्य चार टोलीले क्षेत्रीय प्रतियोगिता खेलेर आउनु पर्नेछ ।

ग्लोबल छनोट २०२१ मार्चदेखि जुलाई सम्म हुनेछ । २०२० को अस्ट्रेलियामा हुने विश्वकपमा भने नेपाल ग्लोबर क्वालिफायरबाट आउट भएको थियो ।

 
 
  
 

You may also like