रोट्याक्ट द्वारा बोलबमधाममा ग्लूकोज तथा पानी वितरण

by समतल अनलाइन

बुटवल । रोट्याक्ट क्लब अफ बुटवलले साउनको अन्तिम सोमवार आज पर्रोहा परमेश्वर बोलबमधाममा ग्लूकोज तथा पानी बितरण गरेको छ ।
क्लवले आज धाममा जलापर्ण तथा बिशेष पूजाका लागि पुगिका श्रद्धालु भक्तजनलाई दिनभरी नै ग्लूकोज तथा पानी बितरण गरेको हो ।

अत्यधिक गर्मीमा श्रद्धालुहरुलाई असहज महसुश नहोस र हामी जस्ता युवाहरुको पनि धार्मिक तथा सस्कृति प्रति रुचि रहिरहोस भन्नका लागि धाममा ग्लाुकोज र चिसो पानी बितरण गरीएको कार्यक्रम संयोजक दिपेश कुमार अग्रहरीले बताउनु भयो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको उजागर गरी प्रचारप्रसार गर्ने उदेश्यका साथ रोट्याक्ट क्लबले बार्षिक कार्यक्रम अन्र्तगत पर्यटकीय क्षेत्रमा कार्यक्रम सुरु गरेको क्लवका अध्यक्ष रनिल श्रेष्ठले जानकारी दिनु भयो ।क्लबले मन्दिर ब्यवस्थापन समितिलाई क्लबबाट पंखा, जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।

 
 
  
 

You may also like