इश्वर प्रदत्त भूमिकामा दादा लेखराज

by समतल अनलाइन

निरन्तर घुमिरहने काल चक्रमा एउटा यस्तो समय आउँछ, जब परमधाम निवासी निराकार परमपिता परमात्मा एउटा अनुभवी, उदार एवं पावन शरीरको आधार लिएर यस पृथ्वीमा आउनुहुन्छ र सम्प आत्माहरूलाई माता पिताको मात्र होइन र्सवसम्बन्धको स्नेह प्रदान गर्नुहुन्छ । निराकार परमात्माले आधार बनाएको यस्तो पावन शरीरको नाम हो दादा लेखराज । उहाँको जन्म सिन्ध प्रान्तको वैष्णव मतावलम्बी परिवारमा सन् १८७६ मा भएको थियो । बाल्यावस्थादेखि बृद्धावस्थासम्म उहाँले एउटा साधारण र् इश्वर भक्तको रूपमा व्यवहार गरिरहनु भयो । मीठो बोली र आकर्षक व्यक्तित्वका धनी दादा लेखराज हीरा जवाहरातका व्यापारी हुनुहुन्थ्यो । राजा महाराजा र साहू महाजनले पनि उहाँलाई खुब मन पराउँथे । त्यसकारण उहाँको व्यवसाय निकै फस्टाएको थियो ।

एउटा सुखी गृहस्थीमा चाहिने सबै थोक उहाँसँग थियो । छोरा बुहारी, धन सम्पत्ति, समाजमा सम्मान, सबै थियो । उहाँका गुरु पनि हुनुहुन्थ्यो र गुरुको सेवा पनि बडो श्रद्धापुर्वक गर्नुहुन्थ्यो । इश्वरप्रति अटुट आस्थावान हुनुहुन्थ्यो । भजन पूजन त गर्नुहुन्थ्यो नै दान दक्षिणामा पनि बडो उदार हुनुहुन्थ्यो ।


सन् १९३६ तिर उहाँमा अचानक परिवर्तन आयो । त्यतिबेला उहाँको उमेर ६० वर्षो थियो । यो परिवर्तन अकस्मात आएको थियो । आकस्मिक थियो । मौलाउँदै गएको व्यापार व्यवसाय छोड्नेतिर उहाँले सोच्नु भएकै थिएन तर मन भने व्यवसायबाट हट्न खोज्दै थियो । अब उहाँलाई एकान्त मन पर्न थालेको थियो । यो किन भइरहेको छ उहाँले बुझन सक्नु भएको थिएन । तर कता कता मन त संसारबाट हटेर कुनै अन्य स्थितिमा रमाउन थाले जस्तो लाग्थ्यो ।
यस्तै दोहोरो मानसिक अवस्थाबाट गुज्रिरहँदा एक दिन मुर्म्बईको एउटा मन्दिरमा सत्संग चल्दाचल्दै उहाँको मन एकाएक अशरीरी हुन गयो । उहाँ जुरुक्क उठेर नजिकैको एउटा कोठामा गई एकान्तमा बस्नु भयो । त्यतिखेर उहाँको भावदशा यस्तो थियो जसलाई भावाविष्ट भन्न सकिन्छ । यसै अवस्थामा उहाँलाई त्यस एकान्त कोठामा चतुर्भुज विष्णुको साक्षात्कार भयो ।

यस्तो भावाविष्ट अवस्थाबाट बाहिर आउँदा उहाँ स्वयं कौतूहलले पुर्ण हुनुहुन्थ्यो । यस्तो अवस्थाको अनुभूति उहाँलाई पहिले कहिल्यै पनि भएको थिएन र साक्षात्कार पनि पहिलो पटक भएको थियो । उहाँले यस्तो चाहना वा इच्छा गर्नु पनि भएको थिएन । उहाँका लागि यो एउटा आर्श्चर्यजनक तर आनन्ददायक अनुभव थियो । उहाँले आफ्ना गुरुलाई यो घटना बताएर मार्गदर्शन गराउन अनुरोध गर्नु भयो । तर गुरुले पनि यस घटनाको रहस्य बताउन सक्नु भएन ।


यो प्रथम साक्षात्कारपछि यस्ता इच्छा नगरिएका आकस्मिक घटनाहरूको सिलसिला नै सुरु भयो । विभिन्न देवता तथा निराकार प्रकाशस्वरूप शिव परमात्माको साक्षात्कार हुन थाल्यो । वर्तमान घटना र भविष्यमा हुनेवाला घटनाहरूको दृश्य अगाडि आउन थाल्यो । उहाँको आफ्नो आगामी भूमिकाको सम्बन्धमा पनि अव्यक्त ढंगले प्रकाश पर्न थाल्यो । उहाँले सम्पुर्ण सृष्टिचक्र देख्नु भयो । उहाँलाई प्राप्त ज्ञान अर्थात् शिव, गीता, तथा कल्प वृक्षमा पर्र्रिमण गरिरहेका आत्माहरूको यस्तो ज्ञान आजसम्म बताइएको ज्ञान र जानकारी भन्दा भिन्न किसिमको थियो । आत्मा र परमात्माको सम्बन्धमा पनि विल्कुल नयाँ ज्ञान थियो । आफूले ज्ञानको रूपमा पाएको त्यो अनुभवलाई दादा लेखराजले न मिथ्याज्ञान हो भनेर छोड्न सक्नुहुन्थ्यो न त्यस दर्शनलाई अमान्य मान्न सक्नुहुन्थ्यो ।
ज्ञानको त्यस गंगामा डुबुल्की लगाएर दादा लेखराज अब पूरै बदलिइसक्नु भएको थियो । उहाँमा आएको यो परिवर्तन सम्पुर्ण रूपमा आत्मिक थियो । उहाँलाई चिनेजानेकाहरूले उहाँको यो परिवर्तित अवस्थालाई स्पष्ट रूपमा अनुभव गर्थे । बोली, व्यवहार र चालढाल सबै बेग्लै भएको थियो । उहाँले जुन ज्ञान पाउनु भएको थियो त्यो प्रचलित र् इश्वरीय ज्ञानभन्दा भिन्न थियो । तर दादा लेखराजको दृढतापुर्ण वाणि सुन्दा यस्तो लाग्थ्यो कि उहाँलाई प्राप्त त्यो नयाँ ज्ञानमाथि अलिकति पनि शंका थिएन ।

१९३६ /३७ मा प्राप्त यो अनुभव एवं बोध पश्चात् उहाँले परमात्माद्वारा आफूलाई दिएको ब्रहृमाको भूमिकाका निमित्त समर्पित गर्नुभयो । ओम् मण्डली बाट सुरु भएर प्रजापिता ब्रह्माकुमारि इश्वरीय विश्व विद्यालयमा रूपान्तरित यो ज्ञान निरन्तर विस्तारित हुँदै गइरहेको छ । १८ जनवरी १९६९ मा उहाँ अव्यक्त भएपछि पनि आत्माहरूलाई पवित्र बनाएर दिव्य गुण सम्पन्न तुल्याउँदै नयाँ विश्व निर्माणका निमित्ति प्रारम्भ भएको यो यज्ञ अहिले पनि जारी छ र आज पनि यस ज्ञान यज्ञका सूत्रधार उहाँ नै हुनुहुन्छ ।
जसरी चुम्बकको समीपमा आएको फलाम त्यसको आकर्षाभित्र न परी रहन सक्दैन त्यसैगरी जसको शरीरमा परमात्मसत्ता आएर संस्कारित गरेको हुन्छ त्यसले आफ्नो वरपर स्फुरण नगर्राई रहँदैन । अलौकिक आकर्षणको प्रभाव स्वतः प्रदर्शित हुन्छ । एक प्रकारले यो त उसको नैर्सर्गिक गुण नै हुन जान्छ । तपाइँ हामीले यस्ता धेरै प्रसंग र अनुभव सुनेका देखेका छौं । जुन व्यक्ति परमात्माको लयमा नाचेको छ उसले आफ्नो नजिकमा आएको व्यक्तिलाई नचाउन पर्दैन । नाच पैदा गराउन पर्दैन । त्यो त स्वतः भइहाल्छ । त्यस्ता बृद्ध पुरुषहरूको प्रभाक्षेत्रभित्र पर्ने बित्तिकै जो कोहीलाई पनि केही न केही विशेष अनुभूति भई नै हाल्छ । यस्तै दादा लेखराजको समीपमा पुग्ने स्त्री, पुरुष एवं बालकहरू उहाँको दृष्टि पाउनासाथ भावाविष्ट हुन्थे । आज पनि यस्ता मानिस भेटिन्छन् जसलाई दादाको संगतमा पुग्दा भिन्नभिन्न रूप र लोकहरूको साक्षात्कार भएको थियो । उहाँलाई भेटेर र्फकने कुनै पनि यस्तो व्यक्ति थिएन जसले यो व्यक्ति त अनौठो रहेछ न भनेको होस् । सायद महसुस गरिने यस्तै स्थितिलाई आत्मिक या भागवत अनुभव भनिन्छ । आत्मिक वा भागवत अनुभवको एउटा अर्को रूप यस्तो पनि छ अहिलेसम्म यही अनुभव गरिएको छ कि जसले अनुभव प्राप्त गरेको छ, मानिसहरू अनुभव प्राप्त गर्न त्यसकै पछि लाग्छन् । अनुभवका कथा सुनाउने पण्डित या अरू कसैको अनुभवको व्याख्या गर्नेहरूका पछाडि ठूलो जमात हुँदैन । कदाचित् पछि लागिहाल्यो भने पनि केही समय र केही परसम्म मात्र । कारण(जसले स्वयं जानेको छैन त्यसले के बताउला । अर्को कुरा जसले जाने तीमध्ये अधिकांश त मौन नै रहे । किनभने आफूले जानेको त्यो ज्ञान वा अनुभव अरूलाई बताउन तिनले जानेनन् । जसले यस्तो सम्बोधि पायो उसका निमित्त त्यो अनुभव या ज्ञान विल्कुल नयाँ थियो । त्यसलाई भन्न सजिलो कहिल्यै पनि थिएन । उनीरूले मात्र बताउन सके जसलाई बोल्ने या बताउने भूमिका पनि सुम्पियो । बताउन या सुनाउन सक्ने यो क्षमतालाई पनि उही परमात्मसत्ताको देन भन्न सकिन्छ । भन्नेवालाले त आफूलाई केबल माध्यम अथवा निमित्त मात्र मान्छ । त्यसैकारणले होला कैयौं मानिसहरू बुद्ध, महावीर, रामकृष्ण या अन्य यस्तै जान्नेवालाहरूका पछि(पछि लागे । केहीले त धेरै टाढा र पछिसम्म पनि उनीहरूको अनुसरण गर्न सके । सम्भवतः परमात्माले नै उनीहरूलाई कुनै किसिमको निमित्त भूमिका सुम्पनु भएको थियो ।

दादा लेखराज न शास्त्रका ज्ञाता हुनुहुन्थ्यो न भाषाका विद्वान् । उहाँले त केवल त्यो परमसत्तालाई जान्नु भएको थियो । उहाँलाई त्यही परमसत्ताले युग निर्माण कार्यका लागि चुनेको थियो । यस प्रकारबाट उहँ इश्वराधिकृत निमित्त हुनुहुन्थ्यो । यसकारण केही जान्नका लागि मानिसहरू उहाँको।समीपमा जम्मा हुन थाले । उहाँले पनि सामान्य बोलचालको भाषामा त्योर् इश्वरीय ज्ञानलाई साधिकार बताउनु भयो । त्यसरी बताउन पर्दा सामान्यतः स्वयं भाषा पनि डगमगाउन खोज्छ । यहाँ महत्वपुर्ण तथ्य यति मात्र हो उहाँलाई परमात्मसत्ताले आफ्नो कार्यका लागि निमित्त बनाएको थियो । यसै भूमिकालाई गीताको बचनले पनि प्रकट गरेको छ ( यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।।।। ।
रामचरित मानसमा पनि उल्लेख गरिएको छ जब जब होई धर्म की हानि, बाढहिं असुर अधम अभिमानी, तब तब प्रभुलै मनुज शरीरा हरहि कृपानिधि सज्जन पीरा ।।।।। ।
यस्तो भूमिकाका लागि निमित्त बनाइएका दादा लेखराजको वाणीद्वारा प्रवाहित ज्ञान गंगामा डुुबुल्की लगाउने अवसर पाएका व्यक्तिहरू फेरि फर्केर अर्को बाटोतिर लागेनन् । दादाकै बनेर रहे । भगवानकै बने । १९६९ मा प्रारम्भ भएको यो ज्ञान यज्ञ कहिले पनि कमजोर भएन । आज पनि यसले लगातार ज्ञानपिपासुहरूलाई आकर्षा गरिरहेको छ । दादा लेखराज कयौं महापुरुषहरूमा अगाडि हुनुहुन्छ । यो पनि एउटा कसौटी हो । लेखराजले जब र्सवप्रथम ज्ञानामृत पान गर्नु भयो त्यसवेला उहाँले आफ्ना परिवारको नाममा लेखेको पत्रमा भन्नु भयो पालिया वह सब जो पाना था । अब कुछ बाकी न रहा जे पाउनु थियो त्यो पाएँ, अब पाउन केही बाँकी छैन उहाँको यस ज्ञान गंगामा नुहाउनेहरूले पनि अब यही भनिरहेका छन् पालिया जो पाना था, अब कुछ शेष नहीं । जे पाउन थियो त्यो पाइयो, अब केही बाँकी छैन अस्तु ।।।।

सबैलाई सत्कर्ममा लाग्न प्रेरणा दिने १८ जनवरी अर्थात् माघ ४ गतेका दिन भव्यताका साथ मनाउन ब्रह्माकुमारी ग्लोबल पिस रिट्रिट सेन्टर बुटवल १२ ढवाहमा तयारी गरिरहेको छ । उक्त दिन भर सबै स्वेत बस्त्रधारी ब्रह्माकुमार तथा ब्रह्माकुमारीहरु मौनमा रही तपस्या गर्नेछन् । विश्वका तमाम् दुःख पाईरहेका आत्माहरुलाई सकारात्मक चिन्तनका साथ शान्तिको योगदान दिने कार्यक्रम रहेको छ ।
( ब्रह्माकुमारि इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रिय कार्यालय, बुटबल ।

 
 
  
 

You may also like