गगनचुम्बी भवनले हिमाल देख्न पाइएन : शताब्दी पुरुष

by समतल अनलाइन

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्पपश्चात उपत्यकाबासी काठमाडौंको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् ।

उनले भने, ‘त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।’

राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण गरे । उनले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताइन् । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरे ।

यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभातफेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृतिसभामा परिणत भएको थियो ।

 
 
  
 

You may also like