बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

by समतल अनलाइन

बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड शुरु भएको हो ।

५ गतेसम्म आयोजना हुने प्रतियोगिताको पहिलो दिन भएको १५ सय मिटर दौडको छात्र तर्फको उपाधि कान्ति माविका सन्तोष घर्तीले हात पारेका छन । उनले दुरी ४ मिनेट ४८.३२ सेकण्डमा पूरा गर्दै प्रथम भएका हुन । यसैगरि कालिका मानव ज्ञानका दिपेन थापाले ५ मिनेट ००.३३ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भए । नवीन औधोगिक माविका हरि प्रसाद भुषाल ५ मिनेट ३८.१० मा दुरि पार गर्दै तेस्रो भएका छन । छात्रातर्फ कालिका अस्मी पल्ली प्रथम भईन । उनले दुरी ६ मिनेट ३४.४५ सेकेन्डमा पूरा गरिन । नबिनकी लक्ष्मी बलामीले ६ मिनेट ५३.२४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भईन । उजिरसिह माविकी सोनीसरा पुनले दुरी ७ मिनेट ०० ५४ सेकेन्डमा पूरा गर्दै तेस्रो भईन ।

त्यस्तैगरि ज्यावलिङ थ्रो तर्फ छात्रमा न्यु ह‍ोराईजन माविका सरोज महत प्रथम भएका छन । उनले ३५.९५ मिटर थ्रो प्रहार गरेका थिए । कालिका मानव ज्ञानका सुभम मगर ३२.७५ मिटर थ्रो गर्दै दोस्रो भए । यसैगरि नेपाल एभरग्रिलका पारस घर्ती ३१.९५ मिटर थ्रो गर्दै तेस्रो भएका छन । छात्रातर्फ कालिका मानव ज्ञानकी ज्योती भण्डारीले १२.६० मिटर दुरी थ्रो गर्दै प्रथम भएकी छिन । नवीन औधोगिक माविकी सुशिला बिकले १२.३० मिटर थ्रो गर्दै दोस्रो तथा नहरपुर माविकी सिमा राना १०.९५ मिटर थ्रो गर्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।
यसैगरि भलिबल, कबड्डी तथा मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु जिल्ला मार्फत छनौट खेल हुने छ । समितिका सदस्य उमेश थापाले एथ्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने बताए । खेलको उद्घाटन भने भोली गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिने छन् ।नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागि गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

 
 
  
 

You may also like