अबको अभियान कृषिबाट नै आर्थिक विकास : कृषिमन्त्री भुषाल

by समतल अनलाइन

सियारीमा माछा महोत्सव सुरु
बुटवल । रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ ।

भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैनान गरपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा सुरु भएको महोत्सवको संघीय सरकार कृषि तथा पशु पंक्षि विकास मन्त्री घनश्याम भुषालले शुभारम्म गरे । महोत्सवको शुभारम्भ गर्दै कृषि मन्त्री भुषालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताएका छन । महोत्सवमा बोल्दै कृषि मन्त्री भुषालले संघीय सरकार, स्थानिय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको भन्दै सोही अनुसारको तिनै वटा सरहर बाट लगानी भएको बताएका हुन ।

मन्त्री भुषालले जस्तो सुकै दस्साहरुलाई मज्जाले सामना गर्न सफल भएको बताए । उनले अहिले पनि विभिन्न समस्याहरु रहेको भन्दै कानुनमा धेरै कुरा परिर्वतन गरेर पनि व्यवहारिक रुपमा भने खास ठोस काम गर्न बाँकी रहेको बताए । उनले भने हामी २० बर्षमा धेरै काम गरेका छौ, विश्वका कमै मात्रै व्याक्तिहरुले गरेको काम हामीले गरेका छौ । हामी नेपाली एक ठाउँमा छौ भन्ने विशेष सन्देश प्रदान गर्न सफल भएको भन्दै मन्त्री भुषाल संविधान सभा बाट नै संविधान जारी गर्नु अरुले गर्न नसकेको काम गरेको बताए ।

उनले राष्ट्र निर्माणको लागि गरेको अधिककार स्थापित गर्नको लागि सबैले विशेष भुमिका खेलेको बताए । अन्य मुलुकको ईतिहास भन्दा पनि धेरै राम्रो काम गर्न सफल भएको बताए । मन्त्री भुषालले संविधान मौलिक,हक अधिकारका विषयमा धेरै काम गर्न सफल भएको बताए । उनले खाद्य ऐन निर्माण गरिएको भन्दै हरेक नेपालीहरुलाई प्राप्त, गुणस्तरिय, खाद्यको अधिकार हुने छ भनेर संविधानमा उल्लेख गरिएको जानकारी दिए ।
संविधान निर्माण र सोही अनुासरको कानुन निर्माण गर्न सफल भएको भन्दै मन्त्री भुषालले आर्थिक रुपले समृद्ध हुनको लागि अवको योजना रहेको बताए । उनले भने अब हामी दुनियाँको सामु देखाउनको लागि आर्थिक विकास गर्नु पर्दछ ।

आर्थि रुपमा क्रान्ती गर्न बाँकी रहेको भन्दै मन्त्री भुषालले आर्थिक विकासको विकल्प नभएको बताए । उनले अवको अभियान नै आर्थिक विकासको अभियान भएको भन्दै विकासका काम छोटो समयमा नै धेरै काम गर्न आवश्यक रहेको बताए । विश्वमा नेपाल नमुना नेपालको रुपमा रहेको भन्दै उनले जात जाती, भाषा भाषी सबैको विशेष भुमिका रहेको बताए । राजनीतिक समस्याको समाधान भएको भन्दै उहाले अवको अभियान भनेको आर्थिक विकास नै रहेको बताए ।

मन्त्री भुषालले राजा र जनताको विचमा रहेको लामो समय देखिको अन्तरसंघर्ष अन्त्य भएको भन्दै राजनीतिक अस्थीरता सकिएको बताए । उनले अव आर्थिक विकासको लागि तयार भएको बताउदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मन्त्री भुषालले बेला बेलामा विभिन्न समयमा तोड्न, फुटाउनको लागि विभिन्न जाती जनजातीको विचमा अनेक प्रयन्त भएको भन्दै अव यसो कहिल्नै नहुने बताए । मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खेमराज गुरुङले स्वागत मन्तव्य राखेका थिए भने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदी, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, सुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द चौधरी, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारु लगायतले मन्तव्य राखेका थिए ।

 
 
  
 

You may also like