प्रथम नगरस्तरीय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता भोलीदेखि सुरु

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा विहिबारदेखि बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ ।

एन्फा टेक्निकल सेन्टरमा माघ २ गतेदेखि ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए । उमेर समुहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा प्रतियोगिता भएको उनले बताए । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने उनले बताए ।

समितिका सदस्य उमेश थापाले एल्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने बताए । जसमा १ सय, २ सय, ४ सय, ८ सय, १ हजार पाच सय र ३ हजार मिटर दौड, ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाईजम्प, लम्बजम्व, त्रिपल जम्प, ज्याभलिङ थ्रो, शटफुट हुने छ । यसैगरि भलिबल, कबडी गरि प्रतियोगिता गरिने भएको छ । यसैगरि मार्शल आर्टतर्फ कराते, तेक्वाडो, उसु जिल्लामार्फत छनौट खेल हुने छ । प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि भाग लिने उनले बताए । नगरभित्रका सामुदायिक गरि नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुले भाग लिने छन ।
प्रतियोगिता संचालन गर्न संघिय र स्थानिय सरकारबाट अनुदान वापत १–१ लाख रुपैया बजेट रहेको समितिका सदस्य सचिव कोपिला ज्ञवालीले बताए ।

समितिका अध्यक्ष नन्द बहादुर काउचाले खुल्ला ब्यायामशालाको अवधारणा ल्याएको बताए । नगरमा रहेका मैदानहरुमा यो संचालन गरिने उनले बताए । यसका लागि २० लाख बजेट नगरपालिकाबाट बिनियोजना भएको उनले बताए । योसंगै नगरमा रहेका मैदानहरुको स्तरोन्नती र संरक्षणको काम समेत अघि बढेको बताए ।

 
 
  
 

You may also like